आज शुक्रबारबाट बलिउडमा फिल्म ‘वेफिक्रे’ रिलिज भएको छ । फिल्म ‘रब ने बनादी जोडी’पछि निर्देशक आदित्य चोपडाले  यो फिल्मको  निर्देशन गरेका छन् । आदित्यको यो यो फिल्ममा रणवीर सिंह र वाणी कपुर मुख्य भूमिकामा छन् । ranbir-and-bani

पेरिसमा भेट भएका रणवीर वाणीको रोमान्स, प्रेमलाई फिल्ममा देखाइएको छ । भारतीय मिडियाको समिक्षालाई आधार मान्ने हो भने, फिल्ममा नयाँ केहि पनि छैन । अधिकांश मिडियाले फिल्मको कथालाई सामान्य भनेका छन् ।

रणवीरले फिल्ममा राम्रो काम गरेका छन् भने वाणीको सर्जरीले उनको स्वरुप विगारेको छ । जसले गर्दा दर्शकको नजर अभिनेत्रीमा नपरेको मिडियामा उल्लेख छ ।

अधिकांश भारतीय समिक्षकले फिल्मलाई २ देखि २.५ दिएका छन् । फिल्म भित्र २३ वटा चुम्बनको दृश्य समावेश गरिएको छ । तर, यहि चुम्बनका कारण फेमिली दर्शक भड्किने विश्लेषण गरिएको छ ।

For More videos Log on to Mazzako TV