बिहेको बिषयमा अनुष्काको यस्तो बयान
क्रिकेटर विराट कोहलीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी अभिनेत्री अनुष्का शर्माले बिहेको बिषयमा खुलेर कुरा गरेकी छिन् । 
मिडियासँगको कुराकानीमा उनले आफूले जीवनमा एकपटक बिहे गर्ने बताएकी छिन् । अनुष्काले भनेकी छिन्-‘म बिहेका लागि एकदमै तयार छु । तर, यो अहिले कहिले संभव हुन्छ भन्ने मलाई पनि थाहा छैन ।’
अनुष्काले विराटसँग नै बिहे हुन्छ या हुँदैन भन्ने कुरामा भने मुख खोलेकी छैनन् । तर, उनले एक पटक बिहे गर्ने र त्यसलाई पूर्ण रुपमा निर्वाहा गर्ने बताइन् ।
बिहेपछि पनि अभिनयलाई निरन्तरता दिने अनुष्काको भनाई छ । बलिउडमा बिहेपछि अभिनेत्रीहरु हराउने गरेको भन्दै उनले आफू पनि यसमा निरन्तर रहने बताइन् ।
For More videos Log on to Mazzako TV







