दीपिका एसियाकै सेक्सी महिला
यस्तो लाग्दैछ, बलिउडबाट हलिउडमा चर्चा पाएपनि अभिनेत्री प्रियंका चोपडालाई अर्की अभिनेत्री दीपिका पादुकोणले अगाडि आउन दिने छैनन् । हलिउडमा सर्वाधिक व्यस्त रहेकी प्रियंकालाई दीपिकाले हरेक कुरामा उछिनिरहेकी छिन् ।
एक वेलायती पत्रिकाले गरेको भोटिङको आधारमा अभिनेत्री चोपडालाई उछिन्दै दीपिका एसियाकै सेक्सी महिलाको सूचीको पहिलो स्थानमा आएकी छिन् । पत्रिकाले लाखौ मानिससँग यो बिषयमा सोधेको थियो ।
दीपिका पहिलो स्थानमा बस्दा अभिनेत्री प्रियंका दोश्रो स्थानमा बस्न वाध्य भएकी छिन् । दीपिकाले सेक्सीको अर्थ बताउँदै भनेकी छिन्-‘सेक्सी भन्ने शब्दलाई म शारीरिक रुपमा मात्र लिन्न । सेक्सीको अर्थ आत्मविश्वास पनि हुन्छ ।’
For More videos Log on to Mazzako TV