बलिउडका चर्चित फेसन डिजाइनर मनिष मल्होत्राको ५१ औ जन्मदिनको पार्टी त सकिएको छ । तर, पार्टीमा भएका विभिन्न खालका गसिप भने सार्वजनिक भैरहेका छन् ।

malaika-arora-khana
पति, अरवाज खानसँग डिभोर्स गर्ने तयारीमा रहेकी आइटम गल मलाइका अरोरा खानको बिषयमा एउटा खबर सार्वजनिक भएको छ ।

खबरअनुसार, पार्टीमा अभिनेत्री मलाइकाले खुबै पिएकी थिइन् । मदिराले मात्तिएकी मलाइकालाई सम्हालिन पनि गाह्रो भएको थियो । सोहि, समयमा उनलाई सम्हाल्न अर्की अभिनेत्री सोनम कपुर अगाडि आइन् ।

सोनमले हिड्न नसकेर लड्न लागेकी मलाइकालाई साथ दिन खोज्दा उनी भड्किइन् र आफूलाई कसैले नछुन भन्दै कड्किइन । मलाई कसैको साथ चाहिदैन भन्दै मलाइका कराएपछि सोनमले उनलाई छाडिदिएकी थिइन् । पछि, आयोजक मनिष नै अगाडि सरेर मलाइकालाई सम्हालेका थिए ।

For More videos Log on to Mazzako TV