साहरुखको भिलेन अवतार, ‘रइस’ ट्रेलर रिलिज
अभिनेता साहरुख खानले आफ्नो नयाँ फिल्म ‘रइस’को ट्रेलर सार्वजनिक गरेका छन् । भारतका ३५ सय हलबाट एकसाथ फिल्मको ट्रेलर रिलिज गरिएको थियो ।
राहुल ढोलाकियाको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खान नेगेटिभ भूमिकामा देखिएका छन् । शिर्ष भूमिकामा देखिएको साहरुख व्यापारीको भूमिकामा छन् ।
उनलाई प्रहरी बनेका अभिनेता नवाजुद्दिन सिद्धिकीले पछ्याएको देख्न सकिन्छ । साथमा पाकिस्तानी अभिनेत्री माहिरा खान फिल्ममा साहरुखकी पत्नी बनेकी छिन् ।
यो फिल्म आउँदो बर्षको जनवरी २५ बाट विश्वभर रिलिज हुँदैछ । ट्रेलर सार्वजनिक कार्यक्रममा साहरुखले ९ वटा शहरका फ्यानसँग भिडियोमार्फत कुरा गरेका थिए ।