बिहेपछि बक्स अफिसमा सफल नभएकी बलिउड अभिनेत्री विद्या बालन अभिनित फिल्म ‘कहानी २’ शुक्रबारबाट रिलिजमा आयो । यो फिल्मको बक्स अफिसलाई लिएर धेरैको चासो थियो । bidya-and-arjoon-in-kahani-2

आखिर यो फिल्मले पहिलो ३ दिनमा कति कमायो त ? बक्स अफिसमा यो फिल्मले आइतबारसम्म १६.९७ करोडको कारोबार गर्‍यो ।

शुक्रबार ४.२५ करोडको कारोवार गरेको यो फिल्मले शनिबार ५.७९ करोडको कारोवार गर्‍यो । आइतबार फिल्मको व्यापारमा १९.६९ प्रतिशतको वृद्धि भयो । आइतबार बिदाको दिनमा फिल्मले ६.९३ करोडको कारोवार गर्‍यो ।

बक्स अफिसमा यो कारोवार एकदमै राम्रो भने होइन । डिसेम्बर २५ मा रिलिज भएको आलिया भट्ट र साहरुख खान अभिनित फिल्म ‘डीअर जिन्दगी’ले यो फिल्मको बक्स अफिसलाई असर पुर्‍याएको अड्कल काटिएको छ । साहरुख र आलियाको यो फिल्मले दोश्रो साताको आइतबारसम्ममा ५७ करोड माथिको कारोवार गरिसकेको छ ।

For More videos Log on to Mazzako TV