बलिउड अभिनेत्री करिना कपुर यसै महिना आमा बन्दैछिन् । तर, पनि उनलाई बाहिर घुम्न, पार्टी गर्न भने केहिले रोकेको छैन ।
kareena-kapoor-with-hubby
डेलिभरीको समय आउँदै गर्दा धेरै महिलाहरु घरमै बसेर आराम गर्छन् । तर, करिना भने पार्टीमा पुग्ने, फोटोसुट गर्ने काममा नै व्यस्त छिन् । डिजाइनर मनिष मल्होत्राको जन्मदिनको अवसर पारेर आयोजित पार्टीमा पनि करिना पुगिन् ।

तर, करिनालाई उनका पति सैफअली खानले साथ दिए । करिनालाई गाडीबाट पार्टी हलसम्म पुर्‍याउन, ल्याउन सैफ लागिपरे । पार्टीमा भने करिनाकी दिदी अभिनेत्री करिश्मा कपुरले उनलाई साथ दिएकी थिइन् ।

आमा बन्ने समयमा करिना धेरै नै खुशी देखिएकी छिन् । उनले आफू गर्भवती भएपनि काम गर्न नछाड्ने बताउँदै आएकी छिन् ।

For More videos Log on to Mazzako TV