के सलमान र साहरुख एकसाथ फिल्म खेल्दैछन् ?
सन् २००७ मा रिलिज भएको फिल्म ‘ओम शान्ती ओम’मा एकसाथ पर्दामा देखिएपछि बलिउडका २ ठूला सुपरस्टार साहरुख खान र सलमान खानलाई दर्शकले पर्दामा हेर्न पाएका छैनन् । सन् २००८ मा झगडा गरेपछि अलग भएका यी दुई त्यसको ५ बर्षपछि नजिक भए ।

अहिले यी दुइको मित्रता सबैभन्दा घनिष्ट छ । तर, यी दुइलाई पर्दामा हेर्न चाहने दर्शकको चाहना भने पुरा हुन सकेको छैन ।
आइतबार बेलुकी आयोजना भएको एक अवार्ड समारोहमा पुगेका यी दुइले एकसाथ मिडियासँग कुराकानी गर्दै एकसाथ फिल्म खेल्न सक्ने संकेत गरेका हुन् ।
आफूहरुलाई एकसाथ ल्याउनका लागि राम्रो लेखक र धैर्य गर्न सक्ने निर्देशक आवश्यक भएको बताए । उनीहरुले यस्तो निर्देशक आफूहरुको दिमागमा भएपनि मिडियासँग तत्काल नखुलाउने बताएका छन् ।
साहरुख र सलमानले एकसाथ फिल्म खेल्ने कुुरा चाडै नै पुरा हुन सक्ने पनि बताएका छन् । यसको अर्थ, के यी दुई एकसाथ काम गर्दैछौ भनेर मिडियालाई संकेत दिइरहेका छन् त । प्रतिक्षा गरौ ।
For More videos Log on to Mazzako TV







