बलिउडमा कुनै समय अभिनेता करण जोहर र अभिनेत्री काजोलको मित्रता घनिष्ट थियो । काजोलले करणका सफल फिल्ममा काम पनि गरेकी छिन् । यी दुइको मित्रता देखेर धेरैले डाहा पनि गर्थे । तर, अहिले समय फेरिएको छ । काजोल र करण अहिले एक अर्कालाई बहिष्कार गर्न थालेका छन् । kajol-and-karan-johar

मुम्बइमा आयोजना भएको फेसन डिजाइनर मनिष मल्होत्राको जन्मदिनमा यी दुई नै पुगेका थिए । तर, यी दुइले पार्टीमा रमाइलो गर्नु भन्दा पनि एक अर्कालाई बहिष्कार गरे । एक अर्काको नजिक कसरि नपरौ भन्ने सोचमा नै यी दुई हिडेका थिए ।

काजोलका पति अजय देवगणले निर्माण तथा निर्देशन गरेको फिल्म ‘शिवाय’को समयबाट काजोल र करणको मित्रतामा फाटो आएको थियो । अजयले काजोल र करणको सम्बन्ध व्यक्तिगत कारणले सकिएको पनि बताएका थिए ।

For More videos Log on to Mazzako TV