सय करोडको खोजीमा साहिद कपुर
बलिउडमा अहिले सय करोड क्लब धेरैका लागि हाउगुजी बनेको छ । सय करोड क्लबमा सहभागी नभएका फिल्म र कलाकारको चर्चा कम मात्र हुँदैन, उनीहरु पछि परेको चर्चा हुन्छ ।

विगत १३ बर्षदेखि बलिउडमा काम गरिरहेका अभिनेता साहिद कपुर यहि करोड क्लबको प्रतिक्षामा छन् । करिअरको यो लामो समयमा पनि उनले अभिनय गरेका कुनै फिल्मले सय करोड माथिको कमाई गर्न सकेको छैन ।
साहिदले अभिनय गरेको फिल्म ‘आर राजकुमार’ले ७२ करोडको कमाई गरेको थियो । उनको करिअरको सबैभन्दा बढी कमाउने फिल्म यहि नै हो । उनीपछि आएका थुप्रै अभिनेताले सय करोड क्लबमा जोइन गरिसकेका छन् ।
साहिद अहिले संजयलिला भन्सालीको नयाँ प्रोजेक्ट, ‘पद्यमावती’मा काम गरिरहेका छन् । यो फिल्मबाट सय करोडको क्लबमा प्रवेश गर्ने अपेक्षा उनको छ ।
For More videos Log on to Mazzako TV







