अभिनेता अक्षय कुमारले केहि महिना अगाडि नै घोषणा गरेका थिए कि, उनी अभिनित फिल्म ‘क्रायक’ अगष्ट ११ मा रिलिज हुनेछ । बिदाको दिन पारेर रिलिज हुन लागेको यो फिल्मलाई निरज पाण्डेले निर्देशन गर्दैछन् । srk-and-akshya-kumar-photo

तर, केहि दिन अगाडि यहि मितिमा अभिनेता साहरुख खानले आफ्नो नयाँ फिल्म ‘द रिङ’को प्रदर्शन मिति तोकिदिए । अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टले एकसाथ अगष्ट ११ लाई प्रदर्शन मिति तोकेका थिए । साहरुख पनि अगष्ट ११ मै आउने भएपछि अक्षय र उनको भिडन्त हुने चर्चा सुरु भैसकेको थियो ।

तर, अब साहरुखका लागि अक्षयले बाटो छाडिदिएका छन् । अब, उनले अभिनय गर्न लागेको फिल्म ‘क्रायक’ यो मितिमा रिलिज नहुने भएको छ । निरज पाण्डे निर्देशित यो फिल्मको प्रदर्शन मिति सन् २०१८ लाई सारिएको छ ।

अब, साहरुख र अनुष्का शर्मा अभिनित फिल्म सोलो रिलिज हुने भएको छ । बिदाको अवसर पारेर रिलिज हुने फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । यो फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV