पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले आज पनि आफू बलिउडमा संघर्ष गरिरहेको बताएकी छिन् । वुधबार आफ्नो मोबाइल एप सार्वजनिक गर्ने क्रममा सन्नीले यो कुरा बताएकी हुन् । sunny-leone-hot

उनले कार्यक्रममा भनिन्-‘बलिउडमा आएर मलाई समायोजन गर्नु परिरहेको छ । जसरि, यहाँको व्यापार र सेटमा काम हुन्छ, यो देखेर मलाई लाग्छ कि मेरा लागि बलिउड परिवर्तन हुँदैन ।’

सन्नीले बलिउड आफ्ना लागि नभएको पनि बताइन् । उनले आफूलाई यहाँबाट प्रेम मिलेको र हरेक समय नयाँ नयाँ कुरा सिक्न पाएको पनि मिडियासँग बताएकी छिन् ।

सन्नीले आफूपछि बलिउडका अभिनेता रणवीर सिंह र अभिनेत्री सोनम कपुरको एप आफूलाई हेर्न मन लागेको खुलाइन् । सन्नीले अभिनेता रणवीर सिंहको फेसन आफूलाई मनपर्ने बताइन् । बलिउडमा प्रवेश गरेपछि चर्चा धेरै पाएपनि सन्नी आशातित सफल हुन सकेकी छैनन् ।

For More videos Log on to Mazzako TV