करिब ५ बर्ष लामो दुश्मनीलाई फेरि मित्रतामा बदलेपछि अभिनेता सलमान खान र साहरुख खान नजिक देखिएका छन् । बलिउडमा यदि, कसैले एक अर्काको साथ दिन्छ भने त्यो साहरुख र सलमान नै हुन् ।srk-and-salman-party

केहि दिन अगाडि अभिनेता साहरुख खानले आयोजना गरेको पार्टीमा सलमान पुगेका थिए । साहरुख निवास मन्नतमा पुगेर सलमानले मध्यरातसम्म पार्टी गरेका थिए ।

सोमबार बेलुकी अभिनेता सलमान खानको निवास ग्यालेक्सीमा पनि पार्टीको आयोजना गरिएको थियो । सो पार्टीमा साहरुख मध्यरातमा पुगेका थिए । साहरुखलाई स्वागत गर्न गेटमै पुगेका अभिनेता सलमान खान निकै खुशी देखिए ।

सलमानको घरमा आयोजित पार्टीमा साहरुख विहान ४ बजेसम्म बसेका थिए । फर्कने बेलामा साहरुख र सलमानले एक अर्कालाई अंकमाल गरे ।

साहरुख र सलमानको यो मित्रता अहिले बलिउडमा चर्चाको बिषय बनेको छ । सलमानले साहरुख अभिनित फिल्म ‘डीअर जिन्दगी’ हेर्नका लागि ट्विटरमार्फत फ्यानलाई आग्रह गरेका थिए ।

For More videos Log on to Mazzako TV