५ महिनामा २० केजी यसरि घटे आमिर ?
अभिनेता आमिर खानले कुनै पनि भूमिकालाई कसरि न्याय गर्छन् र त्यसका लागि कति मिहिनेत गर्छन् भन्ने वुझ्न, सार्वजनिक भएको एउटा भिडियो हेर्दा पुग्छ ।
डिसेम्बर २३ मा रिलिज हुन लागेको फिल्म ‘दंगल’का लागि आमिर कति मिहिनेत गरेका छन् भन्ने यो भिडियोमा देखिएको छ ।
सार्वजनिक भएको फिल्म निर्माणको भिडियोमा आमिरले ९५ केजीबाट ७५ केजीको तौल बनाउनलाई गरेको मिहिनेत देखाइएको छ ।
महाविर सिंहको भूमिकामा देखिनका लागि ९५ केजीको तौल बनाएको आमिरले यूवा महाविर बन्नका लागि २० केजी तौल घटाएका थिए ।
आमिरले सुरुमा आफूलाई ९५ केजी तौलमा ढालेका थिए । पछि, २० केजी तौल घटाउनका लागि उनले जीममा ५ महिना खुबै मिहिनेत गरेका थिए ।