आलियाका लागि फाप्यो यो बर्ष
अभिनेत्री आलिया भट्टका लागि बर्ष २०१६ सर्वाधिक सफल रहन पुग्यो । बलिउडमा प्रवेश गरेको ४ बर्षमै आलियाले एउटा उचाई बनाइसकेकी छिन् । उनी अब सफल अभिनेत्रीको सूचीमा परेकी छिन् ।
यो बर्ष मात्र आलिया अभिनित ३ वटा फिल्म रिलिज भए । ‘कपुर एण्ड सन्स, उड्ता पञ्जाव र डीअर जिन्दगी’मा आलियाले यो बर्ष काम गरिन् । ३ वटा फिल्मले बक्स अफिसमा त राम्रो व्यापार गरे नै, आलियाको कामको पनि प्रशस्त तारिफ भयो ।
आउँदो बर्ष भारतमा आयोजना हुने सबैजसो अवार्डमा आलियाको दबदबा रहने चर्चा सुरु भैसकेको छ ।
आलिया र अभिनेता साहरुख खान अभिनित फिल्म ‘डीअर जिन्दगी’ले ३ दिनमा भारतमा ३२.५० करोडको कारोबार गरेको छ भने ओभरसिजमा २७ करोडको व्यापार गरेको छ ।
बक्स अफिस सफलतासँगै आलियाको अभिनयले यो बर्ष दर्शकदेखि बलिउडकर्मीको मन जितेको छ । आउँदो बर्ष बलिउडमा सवैभन्दा बढी खोजिने अभिनेत्रीमा आलिया पर्ने संभावना बलियो देखिएको छ ।
For More videos Log on to Mazzako TV