आउँदो बर्षको तिहारमा रिलिज हुन लागेको फिल्म ‘२.०’को फस्टलुक त रिलिज भैसकेको छ । फस्टलुक रिलिज भएपछि निकै चर्चामा रहेको यो फिल्मको बजेटले फेरि हंगामा मच्चाएको छ ।
2
साउथका सुपरस्टार रजनीकान्त, बलिउडका सुपरस्टार अक्षय कुमार, संगीतकार एआर रहमान जोडिएको यो फिल्मको बजेट ३५० करोड बताइएको छ ।

यो भारतको सवैभन्दा महंगो फिल्म पनि बनेको छ । बक्स अफिसमा धेरै फिल्मले २ सय करोड कमाउन समेत मुश्किल भैरहेको समयमा अब ‘२.०’ले लगानी कसरी उठाउाछ भन्ने चर्चा पनि सुरु भएको छ ।

यो फिल्मको भीएफएक्समा सवैभन्दा बढी खर्च भएको छ । जसले गर्दा, विश्व बजारमा यो फिल्मले उच्च व्यापार गर्नुपर्ने देखिन्छ ।

For More videos Log on to Mazzako TV