बलिउड अभिनेता आमिर खानले यसै बर्षको सुरुवातमा चुरोट छाडेको बताएका थिए । तर, यो बर्षको अन्त्य हुनै लाग्दा आमिरले फेरि चुरोट पिउन थालेका छन् । आखिर, त्यस्तो के कारण बन्यो जसले आमिरलाई यो लतमा फेरि धकेल्दैछ । aamir-khan-nervos

डिसेम्बर २३ मा खान अभिनित फिल्म ‘दंगल’ रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि आमिर निकै नर्भस हुने गरेका छन् । यहि कारणले पनि फेरि आमिरले चुरोट तान्न थालेको उनका निकटहरु बताउँछन् । भारतीय मिडियाको रिपोर्ट अनुसार आमिरले फेरि चुरोट पिउन थालेका छन्, जसको मुख्यकारण फिल्म ‘दंगल’ हो ।

एक पहलमानको कथामा तयार भएको यो फिल्मका लागि आमिरले जीममा निकै पसिनमा बगाएका थिए । सोहि समयमा उनले चुरोट पिउन पनि छाडेका थिए ।

For More videos Log on to Mazzako TV