बक्स अफिसमा राम्रो व्यापार गर्दै अभिनेता साहरुख खान र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘डीअर जिन्दगी’ले धेरैको मन जितेको छ ।
srk-and-aliya-in-dear-zindagai
शुक्रबारबाट रिलिज भएको यो फिल्मले पहिलो दिन ८.७५ करोडको कमाई गरेको थियो । शनिबार भने फिल्मको व्यापार केहि बढ्यो ।

शनिबार फिल्मले ११.२५ करोडको व्यापार गरेको छ । जसले फिल्मलाई २ दिनमै सफलतातर्फ डोर्‍याएको छ । २२ करोडको निर्माण लागत र ११ करोड प्रचार खर्चमा यो फिल्म हलसम्म आएको थियो ।

भारतमा जम्मा १२ सय हलमा यो फिल्म रिलिज भएको थियो । भारतका मुख्य-मुख्य मल्टिप्लेक्समा मात्र फिल्मलाई रिलिज गरिएको हो ।

गौरी सिन्धेको निर्देशनमा तयार भएको फिल्मले जीवन जिउने तरिका सिकाएको छ । आइतबार भारतमा सार्वजनिक बिदा हुने भएकाले पनि व्यापार १३ करोड भन्दा माथि हुने बलिउड विश्लेषकहरुले बताएका छन् ।

For More videos Log on to Mazzako TV