व्रेकअपको खबरपछि रणवीर र दीपिकाको यस्तो तस्बिर
अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणविच व्रेकअप भएको खबर सार्वजनिक भैरहेको छ । दीपिका हलिउड यात्रामा लागेपछि यी दुइविच व्रेकअप भएको खबरले मिडियामा राम्रै चर्चा पायो ।
तर, यो खबरलाई पूर्ण रुपमा विश्राम लगाउँदै एक कार्यक्रममा दीपिका र रणवीर हातमा हात समाउँदै उपस्थित भए ।
बिहिबार बेलुकी भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीको घरमा आयोजना गरिएको एक बिहे पार्टीमा रणवीर र दीपिका एकसाथ पुगेका थिए ।
रणवीर दीपिकाको हात समातेर हिडिरहेका थिए । दीपिका र रणवीर एउटै गाडीमा अम्बानीको घरमा पुगेका थिए ।
दुई जनाको सम्बन्ध सकिएको चर्चा भैरहँदा यो तस्बिरले धेरै कुरा बोलेको छ ।
For More videos Log on to Mazzako TV