के सलमान र आमिरको दोस्ती कमजोर बनेको हो ?
अभिनेता साहरुख खानसँग लडाई परेपछि अर्का अभिनेता सलमान खानको मित्रता अभिनेता आमिर खानसँग निकट भएको थियो ।
आमिर र सलमान एक अर्काको समर्थनमा उत्रन्थ्य । तर, अहिले घटनाले नयाँ मोड लिएको छ । जब, ५ बर्ष लामो दुश्मनीलाई पाखा लगाउँदै सलमान र साहरुख मिले, अभिनेता आमिर खान टाढा भएको चर्चा सुरु भएको छ ।
सलमान र आमिरको निकटता पहिलेको जस्तो नभएको बलिउड पण्डितहरुको भनाई छ । साहरुख र सलमानको दोस्ती कसिलो बन्दा आमिरसँग भने उनको सम्बन्ध विग्रिएको चर्चा सुरु भएको छ ।
अभिनेता सलमान खानको ‘सुल्तान’ फिल्म र आमिरको ‘दंगाल’को कथा एउटै लाइनको भएकाले पनि यी दुइविच फाटो आउने काम भयो । आमिरले ‘सुल्तान’लाई ‘दंगल’को कपि नै भनिदिए ।
आमिरको स्वार्थी बानीले पनि सलमान टाढा भएको बलिउड मिडियामा उल्लेख गरिएको छ । कुनै पनि बिषयमा सलमान बोलिहाल्छन् भने आमिर स्वार्थ हेरेर बोल्ने गर्छन्, जुन बानी सलमानलाई मन परेको छैन ।
यहि र यस्तै कारणले गर्दा सलमान र आमिर पहिले जस्तो एकसाथ देखिन छाडेका छन् ।
For More videos Log on to Mazzako TV