आखिर के हो मलाइका र अर्जुनको सम्बन्ध ?
बलिउड अभिनेता अर्जुन कपुरलाई अहिले धेरै दर्शक र फिल्मीकर्मी आइटम गर्ल मलाइका अरोरा खानको घर विगार्ने प्रमुख पात्रको रुपमा लिन्छन् । मलाइका र अर्जुनको अफेयरको कारण उनको डिभोर्स भएको चर्चा पनि छ ।
अभिनेता अरवाज खान र मलाइका अरोरा खानविच डिभोर्स किन भयो भन्ने कारण त खुलेको छैन । तर, यसमा अभिनेता अर्जुन कपुर र मलाइका अरोरा खानविचको अफेयर मुख्य कारण रहेको चर्चा बलिउड बजारमा चलेको लामै समय भैसकेको छ ।
यो बिषयमा मलाइकाले वुधबार मात्र जवाफ दिएकी थिइन् । उनले अर्जुनलाई आफ्नो निकै मिल्ने साथी बताएकी थिइन् । तर, मानिसहरुले यसलाई फरक तरिकाले व्याख्या गरिरहेका छन् । मलाइकाको अपार्टमेन्टमा अर्जुन देखिनुले पनि यो कुरालाई फरक तरिकाले व्याख्या गर्न सजिलो बनाएको हो ।
के साच्चै, मलाइकाको डिभोर्सको पछाडि अर्जुनको हात छ ?
For More videos Log on to Mazzako TV