रिलिज अगाडि ‘डीयर जिन्दगी’लाई तारिफ नै तारिफ
भोली शुक्रबारबाट अभिनेता साहरुख खान र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘डीयर जिन्दगी’ रिलिज हुँदैछ । यो फिल्मलाई गौरी सिन्धेले निर्देशन गरेकी हुन् । 
यो फिल्मलाई लिएर अहिले ट्विटरमा ठूलै चर्चा भैरहेको छ । क्यानडा र अमेरिकामा फिल्म रिलिज भैसकेकाले पनि अहिले यसको चर्चा बढेको छ ।
सामाजिक संजालमा दर्शकले यो फिल्मलाई साहरुख र आलियाको आजसम्मकै करिअरको उत्कृष्ट फिल्म भनेका छन् । दुबइमा पनि यो फिल्म बिहिबारबाट रिलिज भएको छ । दर्शकले यो फिल्ममा साहरुख र आलियाको कामको तारिफ गरेका छन् ।
यस्तै, बलिउडका कलाकारका लागि फिल्मको विशेष शो पनि आयोजना गरिएको थियो । जसमा पुगेका, अभिनेता सुशान्त सिंह राजपुतदेखि अभिनेत्री दिया मिर्जासम्मले फिल्मको खुबै तारिफ गरे । उनीहरुले साहरुख र आलियाको करिअरकै उत्कृष्ट फिल्म भन्दै प्रशंसा गरेका छन् ।
For More videos Log on to Mazzako TV







