अमिताभ र अक्षय फेरि एकसाथ
बलिउडमा अहिले अभिनेता अक्षय कुमारको दिन खुलेको छ । एकपछि अर्को हिट फिल्म दिएका कारण पनि अक्षय चर्चामा छन् । यस्तै, हिट फिल्म दिने अभिनेतामा अमिताभ बच्चन पनि पर्छन् । उनले अभिनय गरेको ‘पीकु, पींक’ जस्ता फिल्मले सर्वाधिक चर्चा पाएका थिए ।
अब, १० बर्षपछि अमिताभ र अक्षय कुमार एकसाथ पर्दामा देखिने भएका छन् । यी दुइलाई, एकसाथ पर्दामा ल्याउन लागेका हुन् निर्देशक आर बल्कीले । आर बल्की र अमिताभको मित्रता खुबै जमेको हुन्छ । ‘की एन्ड का’ जस्तो प्रशंसनिय फिल्म बनाएका बल्कीले अमिताभलाई अतिथी भूमिकामा फिल्ममा काम गराएका थिए ।
बल्की अहिले कथा लेख्ने काम गरिरहेका छन् । कथाको मुख्य पात्र अमिताभ हुन् । उनले अमिताभ र अक्षयका लागि कथा लेखिरहेको मिडियाको दाबी छ । अमिताभ यशराज फिल्मको ब्यानरमा बन्न लागेको फिल्म ‘ठग द हिन्दुस्तान’मा अभिनेता आमिर खानसँगै देखिदै छन् ।
For More videos Log on to Mazzako TV