कसले गर्यो ‘बाहुवली २’को दृश्य लिक ?
सन् २०१५ मा हंगामा मच्चाएको फिल्म ‘बाहुवली’को दोश्रो भागको रुपमा निर्माण भैरहेको ‘बाहुवली २’को केहि दृश्य लीक भएपछि यसले हंगामा मच्चाएको छ ।
फिल्मको क्लाइमेक्स दृश्य छायांकनका क्रममा खिचिएका केहि फुटेज लिक भएको भारतीय मिडियाको भनाई छ ।
फुटेज लिक गरेको आरोपमा फिल्मका एक ग्राफिक्स डिजाइनर पक्राउ परेका छन् । पक्राउ पर्ने डिजाइनरको नाम खुलेको छैन । उनले इन्टरनेटमा फुटेज राखिदिएका थिए । यसपछि, फिल्मका निर्देशक एसएस राजमौलीले प्रहरी गुहारेका थिए ।
प्रहरीले आन्ध्र प्रदशेको विजयवाडाबाट ती ग्राफिक्स डिजाइनरलाई पक्राउ गरिएको छ । ‘कटप्पाले बाहुवली’लाई किन मारे भन्ने प्रश्नका कारण पनि दर्शकामाझ ‘बाहुवली २’ चर्चामा छ । यो फिल्म आउँदो बर्षको अप्रिल महिनामा रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV