सेक्सको कुरा गर्न छोराछोरीसँग लजाउँछन साहरुख
अहिले संसारभर मानिसहरु सेक्सको बिषयमा खुलेरै कुरा गर्छन् । तर, बलिउडका सुपरस्टार अभिनेता साहरुख खानलाई भने आफ्ना सन्तानको अगाडि सेक्सको बिषयमा कुरा गर्न लाज लाग्छ ।
एक मिडियासँगको कुराकानीमा साहरुखले भनेका छन्-‘म मेरा बच्चाहरुसँग साथीको जस्तो सम्बन्ध राख्छु । किनकी, यस्तै सम्बन्ध मेरो पितासँग थियो । आमाले मलाई सेक्सको बिषयमा क्लास नै दिएकी थिइन् । तर, म मेरो बच्चाको अगाडि बसेर सेक्सको बिषयमा कुरा गर्न सक्दिन ।’
साहरुखले आफू यो बिषयमा निकै लजालु भएको पनि बताएका छन् । कहिलेकाही छोराछोरीसँग बसेर चलचित्र हेर्दा उनीहरु आफूभन्दा केहि जागरुक भएको भान साहरुखलाई हुन्छ । साहरुखले सेक्सको बिषयमा आफूले बच्चाहरुसँग क्लास लिनुपर्ने समेत सुनाए ।
अभिनेता साहरुख अहिले फिल्म ‘डीयर जिन्दगी’को प्रचारमा व्यस्त छन् । जुन फिल्म आउँदो शुक्रबारबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV