बलिउडका चर्चित अभिनेता अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्त अभिनित फिल्म ‘२.०’को पहिलो अनुहार सार्वजनिक गरिएको छ । मुम्बइमा आयोजना गरिएको भव्य कार्यक्रममा चर्चित कलाकारहरु उपस्थित थिए ।
first-look-of-2
‘रोबट’ फिल्मको सिक्वेलको रुपमा निर्माण भएको यो फिल्ममा रजनीकान्त र अक्षय कुमार मुख्य भूमिकामा छन् । फिल्ममा एमी ज्याक्सन पनि देखिनेछिन् ।

यो फिल्ममा रजनीकान्त र अक्षयको भिडन्त हुनेछ । रोबट र मानिसविचको लडाइलाई फिल्मको पर्दामा देखाइनेछ । फिल्ममा अक्षय रोबटको भूमिकामा छन् ।

आउँदो बर्षको तिहारमा यो फिल्म रिलिज हुने भएको छ । फिल्मको फस्टलुक सार्वजनिक कार्यक्रममा अभिनेता सलमान खान पनि पुगेका थिए । उनले आफू रजनीकान्तलाई हेर्न मात्र भनेर आएको बताए ।

For More videos Log on to Mazzako TV