बलिउडमा अहिले अभिनेता अक्षय कुमारको राज चलिरहेको छ । उनले काम गरेका सबै फिल्म चलेका छन् । उनीसँग काम गर्न हरेक अभिनेत्री लालयित छन् ।urbashi-and-akshya

यहि समयमा एक मोडल तथा अभिनेत्रीले आफूलाई अक्षयकी फिमेल भर्जन नै भनिदिएकी छिन् । अक्षय कुमार जस्तै उर्वशीले पनि मार्शल आर्ट र तेक्वान्दोको ट्रेनिङ लिएकी छिन् । अक्षय फिल्ममा स्टन्ट गर्न माहिर छन् ।

अब, उर्वशी अक्षयकै बाटोमा हिड्न थालेको देखिन्छ । हालै मात्र उर्वशीको नाम अभिनेता सलमान खानसँग पनि जोडिएको थियो । तर, उर्वशीले भने आफूलाई अक्षयकी फिमेल भर्जन भनेर सबैलाई अचम्ममा पारिदिएकी छिन् ।

‘सनम रे, ग्रेट ग्रान्ड मस्ती’मा आफ्नो हट अवतारका कारण धेरैको आँखामा परेकी उर्वशी बलिउडमा चम्कने दाउमा छिन् । अब, उर्वशीको यो भनाइलाई अक्षय कुमारले कसरि लिने हुन्, यो भने हेर्न बाँकी नै छ ।

For More videos Log on to Mazzako TV