अभिनेता ऋतिक रोशन पत्नी सुजैनसँग डिभोर्सपछि विभिन्न काण्डमा फसिरहेका छन् । ऋतिक र सुजैनको वैवाहिक जीवन चलिरहँदा उनको जीवनमा अभिनेत्री कंगना रनावतको प्रवेश भएको थियो भन्ने पुष्टी त भैसकेको छ । hritik-and-jacqline

कंगना र ऋतिकविच लफडा चलेर अहिले सकिएको पनि छ । अब, डिभोर्सी ऋतिकको नाम अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग जोडिन थालेको छ ।

ऋतिक र ज्याकलिनले हालैमात्र एक विज्ञापनमा काम गरेका छन् । यसपछि, यी दुइको नाम जोडिन थालेको हो ।

अभिनेत्री दीया मिर्जाका पतिको एक ब्रान्डका लागि ऋतिक र ज्याकलिन एकसाथ अगाडि आएका हुन् । सुटिङका क्रममा ऋतिक र ज्याकलिनले हातमा हात मिलाएर नृत्य गरेका थिए ।

For More videos Log on to Mazzako TV