यस्तो रहेछ काजोलको सुन्दरताको रहस्य
अभिनेत्री काजोल अझै पनि पर्दामा उस्तै चम्कन्छिन् । उनको अभिनय मात्र होइन, सुन्दरताको फ्यान पनि धेरै छन् । आखिर, काजोलको सुन्दरताको राज के होला ?
मिडियासँगको कुराकानीमा काजोलले आफ्नो सुन्दरताको राज आफ्नी आमा तनुजालाई बताएकी छिन् । तनुजाको मेकअप शैली र पहिरन सेन्सले आफूलाई फिट रहन सहयोग गरेको उनको भनाई छ ।
काजोलले आफ्नी आमाको उमेरमा आफू पुग्दा उनी जस्तै फिट रहन सक्छु या सक्दिन भन्ने चिन्ता आफूमा रहने सुनाइन् ।
आफ्नी आमाले मेकअप ड्रेसिङ रुम अगाडि बसेर मेकअप गरेको देख्दा आफू सधै नै छक्क पर्ने काजोलको भनाई छ । बलिउडमा काजोलको अभिनय र सुन्दरताको सधै नै तारिफ हुने गर्छ ।
For More videos Log on to Mazzako TV