बलिउड अभिनेत्री मल्लिका सेरावतमाथि पेरिसमा आक्रमण भएको छ । पेरिसमा उनी बस्दै आएको अपार्टमेन्ट जादै गर्दा केहि मानिसहरुले उनीमाथि आक्रमण गरेका थिए ।
mallika-serawat-hot
मुखमा मास्क लगाएको अज्ञात समुहले मल्लिका र उनका केटा साथीमाथि आक्रमण गरेको थियो । सुरुमा मल्लिका र उनका केटा साथीमाथि अश्रुग्यास फालिएको थियो । यसपछि, उनीहरुलाई कुटपिट गरिएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

मलाइकाको साथबाट गहना र पैसा चोर्ने उद्देश्यले आक्रमण गरिएको प्रहरीले बताएको छ । मल्लिका र उनका केटा साथी कुटपिटबाट घाइते भएका छन् ।

एक महिना अगाडि रियालिटी स्टार किम कार्दशियनमाथि यस्तै हमला भएको थियो । वन्दुकधारीले उनलाई वन्धक बनाएर करोडौ मुल्य पर्ने गहना लुटेका थिए ।

For More videos Log on to Mazzako TV