ऋतिकले नै प्रियंकालाई अफर गरे ‘कृष ४’
बलिउडमा सिक्वेल फिल्मले धुम मच्चाइरहेका छन् । सिक्वेल फिल्ममा सफल मानिन्छ, ‘कृष’ । यो फिल्मको २ वटा सिक्वेलमा अभिनेत्री प्रियंका चोपडाले काम गरेकी थिइन् । अब यसको चौथो सिक्वेल पनि बन्ने भएको छ ।
राकेश रोशन र अभिनेता ऋतिक रोशन चौथो सिक्वेलको तयारीमा जुटेका छन् । यो फिल्ममा अभिनेत्री को हुने भन्ने बिषयमा पनि खुबै चर्चा भैरहेको छ । दीपिका पादुकोणदेखि अनुष्का शर्मासम्मको नाम अगाडि आएको थियो । तर, भारतीय मिडियाका अनुसार फिल्ममा अभिनेत्री प्रियंका चोपडा फाइनल भएकी छिन् ।
अभिनेता ऋतिकले नै चोपडालाई फोन गरेर फिल्मका लागि आग्रह गरेका थिए । किनकी, यो फिल्मको सिक्वेलमा दर्शकले ऋतिक र प्रियंकालाई हेरिरहेका छन् । जसकाकारण पनि अन्य अभिनेत्री हुँदा फिल्मको चौथो सिक्वेललाई अप्ठ्यारो पर्छ भन्ने वुझाई अभिनेता रोशनको हुनसक्छ ।
For More videos Log on to Mazzako TV