jatra-still

यो शुक्रबार तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । लभ स्टोरी फिल्म ‘द फेमस’, पुरानो सामाजिक कथा वस्तु बोकेको ‘पुरानो पुस्ता’ र बाल यौन दुव्र्यहारमा आधारित फिल्म ‘छायाँ’ यही शुक्रबारदेखि प्रदर्शनमा आएका फिल्महरु हुन् । यस्तै फिल्म ‘जात्रा’ प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । ‘द फेमस’ को ट्रेलर हेर्नुस् :

मनोज पण्डित निर्देशित फिल्म ‘छायाँ’ मा बाल कलाकार साईव्रत आचार्य,अभिनेता अनुप बराल र कलाकार अरुणा कार्कीको मुख्य भूमिकामा प्रस्तुत भएका छन । यस्तै सञ्चारकर्मी समेत रहेका समिर बलामीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘द् फेमस’ मा नव कलाकारहरुको अभिनय रहेको छ भने जिसी दिप सागर निर्देशित फिल्म ‘पुरानो पुस्ता’ मा केही अग्रज र बाँकी नयाँ कलाकारहरुले अभिनय गरेका छन् । ‘पुरानो पुस्ता’ को ट्रेलर हेर्नुस् :

यता प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रा’ ले दोश्रो सातामा पनि उच्च शोज संख्या पाएको छ । यो फिल्मले क्युएफएक्सका अन्र्तगतका हलहरुमा हिन्दी फिल्म ‘फोर्स २’ भन्दा एक सो बढी पाएको छ । क्युएफएक्स मुभिजले ‘जात्रा’ लाई दोश्रो सातामा ७ शोज दिएको छ । रविन्द्रसिंह बाँनियाको निर्माण रहेको फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र निर्माता बाँनियाको मुख्य भूमिका रहेको छ । ‘जात्रा’ लाई दर्शकले रुचाइरहेका छन् । ‘छायाँ’ को ट्रेलर हेर्नुस् :

निर्देशक प्रदीप भट्टराईलाई बधाई दिन बिहिबार अमेरिकाबाट नेपाल फर्किए लगत्तै इयरपोर्टबाट बरिष्ठ कलाकार हरिवंश आचार्य सिधैं हात्तिसारको जय नेपाल हल पुगेका थिए । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV