फिल्मकै निर्देशकसँग सनाको डेट
‘वजा तुम हो’ फिल्म भित्र दिएको कामुक दृश्यका कारण अहिले अभिनेत्री तथा मोडल सना खानको चर्चा चुलिएको छ । यो फिल्ममा सनाले निकै हट दृश्य मात्र दिएकी छैनन्, आफूलाई नयाँ ढंगले पनि अगाडि बढाएकी छिन् ।
तर, सनाको गसिप यत्तिमा मात्र सिमित छैन । भारतीय मिडियाको दाबी अनुसार सना यो फिल्मका निर्देशक विशाल पाण्डेसँग डेटमा रमाइरहेकी छिन् । फिल्मको छायांकनको क्रममा सना र विशाल नजिक भएको भारतीय मिडियाको दाबी छ ।
यी दुइले प्रेमको खबरलाई स्विकार भने गरेका छैनन् । तर, यी दुइले एक अर्काको फोटोमा निकै रोमान्टिक कमेन्ट गर्न थालेका छन् । हुनत, यस्तो चर्चा फिल्मको रिलिजको समयमा खुबै हुने गर्छ ।
For More videos Log on to Mazzako TV