बलिउड अभिनेत्री प्रियंका चोपडाले आफू एउटा मात्र देशमा सिमित नहुने बताएकी छिन् । बलिउडपछि हलिउड फिल्ममा काम गरेकी चोपडाले एउटै देशमा मात्र नबसी विश्वभर काम गर्ने आफ्नो चाहना भएको सुनाएकी हुन् ।
priyanka-chopra-hot
चोपडा हलिउडमा गएपछि उनले बलिउडलाई विर्सिएको चर्चा पनि छ । तर, उनी भन्छिन्-‘म अझै पनि बलिउडमा काम गरिरहेकी छु । तर, म एउटै देशमा मात्र काम गर्न चाहन्छन् । म विश्वभर पुगेर आफ्नो कला देखाउन चाहन्छु ।’

देश छाडेर अरुको देशमा गएर काम गर्नु साह्रै नै गाह्रो काम भएको उनको भनाई छ । उनले भनिन्-‘म मेरो देश छाडेर अरुकै देशमा पुग्दा त्यहाँ मेरो आफ्नो कोहिपनि थिएनन् । न त मेरो परिवार थियो न त साथी नै ।’

तर, पनि हलिउडमा एउटा स्थान बनाएकोमा अभिनेत्री चोपडाले खुशी व्यक्त गरिन् ।

For More videos Log on to Mazzako TV