‘कोलकत्ता फिल्म फेस्टिबल’मा पुगेका बलिउड अभिनेता अमिताभ बच्चनले बुहारी ऐश्वर्या रायको बोल्ड भूमिकालाई लिएर बयान दिएका छन् । amitabh-and-ais

अमिताभले ऐश्वर्याले फिल्म ‘ए दिल हे मुश्किल’मा दिएको बोल्ड भूमिकाको बारेमा भने-‘यो महिलाहरुको प्रगतीको लक्षण हो ।’

उनले आफूले अहिलेसम्म फिल्म नहेरेको बताए । फिल्म रिलिज नहुँदै यसको केहि अंश हेर्न पाएको भन्दै अमिताभले फिल्ममा ऐश्वर्या निकै राम्री देखिएकी छिन् समेत भनेका छन् । उनले करण जोहर र फिल्मको टिमसँग निकै खुशी भएको बताए ।

ऐश्वर्याले फिल्ममा अभिनेता रणवीर कपुरसँग बोल्ड दृश्य दिएपछि बच्चन परिवारमा खैलावैला मच्चिएको चर्चा थियो । तर, अमिताभको यो बयानले यसलाई गसिप मात्र थियो भनेर प्रमाणित गरिदिएको छ ।

For More videos Log on to Mazzako TV