करिनाको बारेमा परिणितीको यस्तो बयान
आउँदो बर्षको तिहारमा रिलिज हुन लागेको फिल्म ‘गोलमाल ४’मा अभिनेत्री परिणिती चोपडा पक्का भैसकेकी छिन् । परिणिती पक्का भएसँगै उनको तुलना अभिनेत्री करिना कपुरसँग हुन थालेको छ ।
करिनाले अघिल्ला सिरिजमा काम गरेकी थिइन् । तर, बिहे गरेर आमा बन्ने तयारीमा रहेकी करिनालाई निर्माणपक्षले रिप्लेस गरेको छ ।
मिड डे नाम पत्रिकासँगको कुराकानीमा परिणितीले आफू यो फिल्ममा हुनु अनौठो नभएको बताएकी छिन् । उनले आफूलाई चुलवुले भूमिका मन पर्ने भन्दै निर्माणपक्षले आफूलाई यो फिल्ममा लिनु नौलो कुरा नभएको बताइन् ।
करिनालाई फिल्ममा रिप्लेस गरेको बिषयमा परिणितीले भनिन्-‘करिनाको स्थान कसैले पनि पुरा गर्न सक्दैन । कथामा सुन्दरता भर्न करिनालाई राम्रोसँग आउँछ ।’
उनले यो फिल्ममा आफू नयाँ भूमिकामा देखिन लागेको भन्दै अघिल्ला फिल्मको ह्याङमा बस्न नचाहेको बताइन् । रोहित सेट्टीले निर्देशन गर्ने यो फिल्ममा परिणिती अजय देवगणको प्रेमिकाको रुपमा देखिदैछिन् ।
For More videos Log on to Mazzako TV