बलिउड पाश्र्व गायनमा कुनै समय खुबै चर्चित बनेका अभिनेता तथा गायक हिमेश रेशमिया अहिले हराए जस्तै छन् । केहि बलिउड फिल्म खेल्ने उनको धोको पुरा त भयो तर असफल भएपछि उनी झनै कमजोर बनेका छन् ।
himesh-resmiya
उनै हिमेश अहिले आफू म्यूजिकमा नै फोकस हुन लागेको बताएका छन् । हिमेशले भनेका छन्–‘मलाई आफ्नो क्षमता प्रमाणित गर्न अब जरुरी छैन । तर, अब म म्यूजिकमा फोकस भैरहेको छु ।’

हिमेशले काम गरेका केहि फिल्म पूर्ण रुपमा असफल भएपछि उनको म्यूजिक करिअर पनि ध्वस्त बनिरहेको छ । ११५ वटा फिल्मका लागि गीत गाइसकेका हिमेश आफू आफ्नो म्यूजिकलाई उचाइमा लैजान पूर्ण रुपमा फोकस भैरहेको बताउँछन् ।

For More videos Log on to Mazzako TV