बलिउड अभिनेता साहरुख खान जस्तै उनकी पत्नी गौरी खान पनि खुबै चर्चामा छिन् । गौरी एक सफल डिजाइनर पनि हुन् । उनै गौरीले एक फोटोग्राफरलाई ५ हजार रुपैयाँको अफर गरेको खबर सार्वजनिक भएको छ ।
srk-and-gauri-khan
एक पत्रिकाका अनुसार गौरी आफ्नो डिजाइन शोरुमका लागि घरको खोजीमा थिइन् । घर खोजी क्रममा हिडेकी गौरीको तस्बिर एक फोटोग्राफरले खिचिदिए । जब, गौरीलाई यो कुरा थाहा भयो, उनले वडिगार्डलाई पठाएर फोटो डिलेट गर्न भनिन् । तर, फोटोग्राफरले नमानेपछि गौरी आफै गइन् र फोटो ग्राफरसँग ५ हजार दिएर फोटो हटाउन आग्रह गरिन् । तर, फोटो निकै सामान्य भएको भन्दै फोटोग्राफरले तस्बिर डिलेट गर्न मानेनन् । आखिर, गौरीलाई सडकमा हिडेको तस्बिर डिलेट गर्न किन आवश्यक प¥यो होला ?

For More videos Log on to Mazzako TV