डुब्यो फरहान र श्रद्धाको ‘रक अन २’
यो बर्षको प्रतिक्षित बनेको फिल्म ‘रक अन २’ पूर्ण रुपमा असफल भएको छ । बलिउडका सफल मानिएका कलाकार फरहान अख्तर, श्रद्धा कपुर, अर्जुन रामपाल जस्ता हिट कलाकारले काम गरेको यो फिल्मले ३ दिनमा निकै कमजोर व्यापार गरेको छ ।
फिल्मले पहिलो दिन नै २ करोड आसपासको व्यापार गरेको थियो । शुक्रबार २.०२ करोड कमाएको यो फिल्मले शनिबार २.४१ करोड, आइतबार २.५८ करोडको व्यापार गरेको छ । ३ दिनमा ७.०१ करोडको व्यापार गरेको यो फिल्म पूर्ण रुपमा असफल हुने पक्का देखिएको छ ।
भारतमा ५ सय र १ हजारको नोटमाथि प्रतिवन्ध लागेका कारण पनि फिल्मको व्यापार केहि कम भएको विश्लेषण गरिएको छ । तर, ‘रक अन’ जस्तो सफल फिल्मको यो सिक्वेलको कथावस्तु पनि कमजोर हुनु फिल्म असफल हुनुको कारण मानिएको छ ।
For More videos Log on to Mazzako TV