‘गोलमाल ४’मा परिणिती फाइनल
निर्देशक रोहित सेट्टीले आफ्नो नयाँ फिल्म ‘गोलमाल ४’का लागि अभिनेत्री फाइनल गरेका छन् । यो फिल्मका लागि विभिन्न अभिनेत्रीको नाम लामो समयदेखि मिडियामा आइरहेको थियो ।
तर, अब भने फिल्ममा अभिनेत्री परिणिती चोपडाले काम गर्ने फाइनल भएको छ । आलिया भट्टदेखि श्रद्धा कपुरसम्मले यसमा काम गर्ने चर्चा थियो ।
तर, परिणितीको चुलबुले बानीमा निर्देशक सेट्टीको मन गएको छ । यो फिल्ममा अब परिणितीले अजय देवगणसँग रोमान्स गर्नेछिन् । फिल्ममा चोपडाको भूमिका बब्ली र चुलबुले यूवतीको रहेको बताइएको छ । सन् २०१७ को तिहारमा यो फिल्म रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV







