सलमान र उर्वशीको प्रेम चर्चा
अभिनेता सलमान खानको नाम विभिन्न यूवतीसँग जोडिनु कुनै नौलो कुरा नै होइन । बलिउडमा प्रवेश गर्ने रहेक नयाँ अभिनेत्रीसँग सलमानको प्रेम छ भन्ने चर्चा चल्छ ।
जसमा ज्याकलिन फर्नान्डेजदेखि डेजी शाहसम्म पर्छन् । अहिले फेरि सलमानको नाम एक अभिनेत्रीसँग जोडिएको छ ।
बलिउडमा पाइला राख्दै गरेकी हट मोडल उर्वशी रौटेला र सलमान निकट भएको चर्चा छ । उर्वशी अहिले सलमानको घरमा धेरै देखिन थालेको भारतीय मिडियामा उल्लेख गरिएको छ ।
उर्वशी बलिउडमा करिअर चम्काउने दाउमा छन् । सलमानले धेरै अभिनेत्रीको करिअर बनाइदिएका छन् । सायद, उर्वशी पनि सलमानबाट यहि अपेक्षा राख्दै होलिन् । सलमानको घरमा बारम्बार जाने उर्वशीको करिअर के यी सुपरस्टारले चम्काउलान् त ?
For More videos Log on to Mazzako TV