श्रद्धाको नजरमा अर्जुन ‘गसिप क्विन’
बलिउडका गसिप पढेर पाठकलाई त रमाइलो लाग्छ । तर, बलिउडका कलाकार पनि यस्ता खालका गसिपमा खुबै रमाउँछन् । अभिनेत्री श्रद्धा कपुरले एक कलाकारलाई ‘गसिप क्विन’को उपमा दिएकी छिन् । श्रद्धाको नजरमा आखिर को होलान् त गसिप क्विन । कुनै अभिनेत्री वा अभिनेता ।
श्रद्धाको नजरमा अभिनेता अर्जुन कपुर ‘गसिप क्विन’ हुन् । उनले बलिउडका हरेक गसिपको ख्याल आफै राख्छन् । यसैले पनि उनलाई ‘गसिप क्विन’ भनिएको रहेछ ।
‘रक अन २’को प्रमोशनका क्रममा श्रद्धाले अर्जुनको यो कुराको खुलासा गरेकी हुन् । उनले अर्जुनले सबै कुराको जानकारी राख्ने बताइन् । फिल्म ‘हाफ गलफ्रेन्ड’मा यी दुई कलाकार एकसाथ काम गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV