के गर्भवती छिन् विपशा ?
बलिउडमा कुनै अभिनेत्रीले बिहे गर्ने वित्तिकै उसको गर्भवतीको खबरले स्थान पाउँछ । अहिले अभिनेत्री विपशा वासु पनि गर्भवती भएको चर्चा सुरु हुन थालेको छ ।
विपशाले केहि महिना अगाडि अभिनेता करण ग्रोवरसँग बिहे गरेकी थिइन् । यसपछि, अब उनी गर्भवती भएको खबर मिडियामा फैलन थालेको थियो । तर, विपशाले भने आफू गर्भवती भएको खबरलाई अस्विकार गरेकी छिन् । उनले मिडियासँगको कुराकानीमा आफू गर्भवती नभएको र अझै केहि समय आमा बन्ने कुनै योजना नरहेको बताएकी हुन् ।
विपशा निरन्तर महिला डाक्टरको क्लिनकमा जान थालेपछि यस्ता खालका हल्ला सुरु भएका थिए । विपशाले यो आफूहरुको व्यक्तिगत कुरा भएकाले पनि मिडिया र आम मानिसलाई व्यक्तिगत रुपमै छाडिदिन आग्रह गरेकी छिन् ।
For More videos Log on to Mazzako TV