आफ्नो इमेज प्ले ब्वाइको बनेको भन्दै रणवीरको गुनासो
बलिउडमा अभिनेता रणवीर कपुरसँग विभिन्न अभिनेत्रीको नाम जोडिन्छ । करिअरको सुरुवातमा रणवीरले सफल फिल्म दिएका थिए । तर, पछि जब उनको नाम अभिनेत्रीसँग जोडिन थाल्यो, उनको करिअर पनि खस्कियो ।

हालै मात्र एक कार्यक्रममा पुगेका अभिनेता कपुरले करिअर र प्रेमको बिषयमा कुरा गरेका छन् । रणवीरले भनेका छन्-‘मेरो दुर्भाग्य यो रहेको छ कि, जुन तरिकाले मैले फिल्ममा काम गर्ने संझौता गरेँ र जुन २ जना अभिनेत्रीसँग मेरो नाम जोडिएको छ, यसले मेरो इमेज प्ले ब्वाई र सिरियल डेटरको रुपमा बनेको छ ।’
उनले यो कुरा केहि हदसम्म सहि पनि भएको बताएका छन् । रणवीरले अभिनेत्री कट्रिना कैफ र दीपिका पादुकोणतर्फ इशारा गरेका छन् । यी दुई रणवीरका प्रेमिका थिए । अहिले फेरि रणवीरको नाम ज्याकलिन फर्नान्डेज र श्रुति हसनसँग पनि जोडिएको छ ।
फिल्म ‘ए दिल हे मुश्किल’को व्यापारले फेरि रणवीरको करिअर उकालो लाग्ने धेरैको विश्वास छ ।
For More videos Log on to Mazzako TV







