बलिउड अभिनेत्री श्रद्धा कपुर र निर्देशक तथा अभिनेता फरहान अख्तरविच प्रेम चलेको खबर सार्वजनिक भैरहेको छ । फिल्म ‘रक अन २’ काम गर्न थालेपछि यी दुई नजिक भएको र अहिले गहिरो प्रेममा रहेको खबरले मिडिया तताएको लामै समय भैसकेको छ । shradha-and-farhan

तर, अभिनेत्री कपुरले यो कुरालाई पूर्ण रुपमा अस्विकार गरेकी छिन् । उनले भनेकी छिन्-‘म सिंगल छु ।’ श्रद्धाले केहि पत्रकार अभिनेत्रीको प्रेम र लिंकअपको खबरको मात्र पछि लागेको भन्दै दुख व्यक्त गरिन् । उनले भनिन्-‘यो लिंकअपको खबर अभिनेत्रीका लागि सुखद हुँदैन । हामी काममा मात्र बढी फोकस गर्छौ ।’

उनले पत्रकारसँग काम र करिअरको बिषयमा कुरा गर्न भेट्ने गरेको बताउँदै पत्रकारले पनि आफ्नो काम जिम्मेवारीसँग गर्न आवश्यक रहेको बताइन् । उनले प्रेमको खबर मात्र पढ्न लायक हुने हो र भन्दै प्रश्न गरिन् ?

For More videos Log on to Mazzako TV