वरुणसँग रोमान्स गर्न तपसी र ज्याकलिन तयार
अभिनेता सलमान खानले अभिनय गरेको फिल्म ‘जुड्वा’को रिमेक बन्दैछ । यो फिल्मलाई डेविड धवनले निर्देशन गर्दैछन् ।
यो फिल्ममा वरुण दोहोरो भूमिकामा देखिदैछन् । फिल्मका लागि २ अभिनेत्री आवश्यक पर्छ । मिडियामा २ अभिनेत्रीलाई लिएर विभिन्न नाम सार्वजनिक भैरहेका थिए ।
अभिनेत्री आलिया भट्ट, परिणिती चोपडाको नाम पनि फिल्मका लागि सार्वजनिक भैरहेको थियो । तर, अब यो फिल्मका लागि अभिनेत्रीद्धय ज्याकिलन फर्नान्डेज र तपसी पन्नु फाइनल भएको खबर सार्वजनिक भएको छ ।
ज्याकलिनले फिल्ममा करिश्मा कपुरको भूमिका निर्वाहा गर्नेछिन् भने तपसीले रविना टण्डनको भूमिका निर्वाहा गर्नेछिन् । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैन् । सन् २०१७ को सेप्टेम्बर २९ मा यो फिल्म रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV