बलिउड अभिनेता साहरुख खान आजबाट ५१ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ मा साहरुखको जन्म भारतको राजधानी दिल्लीको सामान्य परिवारमा भएको थियो । साहरुख आज बलिउडका सर्वाधिक लोकप्रिय कलाकार हुन् ।
srk-bdy
विश्वकै दोश्रो धनी कलाकार साहरुखलाई वीवीसी, सीएनएन, फोब्र्स जस्ता चर्चित मिडियाले विश्वकै शक्तिशाली र चर्चित अभिनेता भनेका छन् ।

साहरुखको वास्तविक नाम अब्दुहल रहमान हो । साहरुखले ‘दिवाना’ फिल्मबाट बलिउडमा करिअर सुरु गरेका थिए । साहरुखको अष्ट्रेलियामा एक यस्ता फ्यान छन्, जसले हरेक बर्ष उनको जन्मदिनमा चन्द्रमामा जमिन किन्दै आएका छन् ।

विश्वका अधिकांश देशमा फ्यान कमाएका साहरुखलाई शुभकामना दिन उनको घर ‘मन्नत’ अगाडि फ्यानको भीड लागेको छ ।

For More videos Log on to Mazzako TV