बलिउड अभिनेत्री उर्वशी रौतेलालाई पट्का पड्काउन खुबै मजा लाग्थ्यो । उनी दिवालीमा पट्का पड्काएर खुबै रमाइलो पनि गर्थिन् । तर, अब उनले विना पट्काको तिहार मनाउँदै आएकी छिन् ।

urbasi-hot
आखिर, किन दिवालीमा यस्तो काम गर्न मन लाग्दैन त उर्वशीलाई ? उर्वशीका अनुसार उनको एक साथीको घरमा पट्काकै कारण ठूलो घटना घट्यो । यो घटनापछि आफूले धेरै कुरा सिकेको उनले बताएकी छिन् ।

उनी अहिले दिवालीको मनोरञ्जनमा रम्ने त गर्छिन्, तर विना पट्का । उनले मानिसहरुलाई पनि विना पट्काको दिवाली मनाउन सल्लाहा दिन थालेकी छिन् ।  दिवालीमा आफूले यसपटक परिवारसाग मनाउने तयारी गरेकाले पनि निकै खुशी भएको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV