अभिनेत्री श्रद्धा कपुर अहिले सबैभन्दा बढी खुशी छिन् । उनी खुशी हुनुको कारण कोहीसँग प्रेम भएर भने होइन । श्रद्धा खुशी हुनुको कारण फिल्म ‘रक अन २’मा काम गर्न पाएर हो ।
श्रद्धा कपुरले जतिबेला फिल्म ‘रक अन’ देखेकी थिइन्, त्यतिबेला नै उनले यदि आफू ‘रक अन २’को अभिनेत्री भएको खण्डमा सबैभन्दा बढी खुशी हुने आफ्ना मातापितालाई बताएकी थिइन् ।
shradha-and-farhan
पहिलो सिरिज रिलिज हुँदा श्रद्धा फिल्म क्षेत्रमा आएकी नै थिइनन् । श्रद्धाले ‘रक अन’ देखेपछि लामो समयसम्म यही फिल्म गीत गाइरहेकी थिइन् । तर, जब उनी यहि फिल्मको मुख्य पाटो भइन्, अहिले उनी खुशीले रमाइरहेकी छिन् ।

सायद, यहि भएर पनि हुनसक्छ श्रद्धाले फिल्मको प्रमोशनमा दिल खोलेर साथ दिएकी छिन् । यहि फिल्मका मुख्य कलाकार फरहान अख्तरसँग उनको प्रेम भएको चर्चा पनि चलिरहेको छ ।

For More videos Log on to Mazzako TV