प्रेममा धोका पाउँदा विक्षिप्त आलिया
बलिउड अभिनेत्री आलिया भट्ट नयाँ जेनेरेशनकी उदाउँदी र आशालाग्दी अभिनेत्री हुन् । आलियाको करिअरमा फिल्मको सफलताले त ठूलो अर्थ राखेको छ । तर, उनी बारम्बार प्रेमको खबरले पनि चर्चामा आउँछिन् । ‘डियर जिन्दगी’ हिरोइन र अभिनेता सिद्धार्थ मल्होत्राविच प्रेम भएको चर्चा पनि चलेको थियो ।
तर, उनीहरु केही महिनायता छुट्टिएको चर्चा छ । यस बिषयमा मिडियासँग कुरा गर्दै आलियाले भनेकी छिन्–‘हामी कहिले प्रेममा थियौ र छुट्निु ?’ आलियाले अर्को एक लिडिङ पेपरलाई दिएको अन्र्तवार्तामा २ बर्ष प्रेम भएर अलग भएका बताएकी छिन् । आलियाले प्रेमबाट अलग हुँदा साह्रै ठूलो पीडा हुने पनि मिडियासँग बताएकी छिन् ।